प्रधानमन्त्रीले बिस्तार गरे मन्त्रीपरिषद,नबनियुक्त मन्त्रीहरुको आजै शपथ

khabarwave
१० पुष २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  ७ मन्त्रीले सामुहिक राजिनामा दिएपछि रिक्त स्थानमा  मन्त्री नियुक्त  गरेका छन् ।जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटन मन्त्रालयकाे जिम्मेबारी मणि थापाले पाएका छन । त्यसैगरी टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले  नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखेकाे छ ।नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।

Loading spinner