प्रधानमन्त्रीको कदमको विरोधमा नेकपाकै नेता तथा कार्यकर्ताहरु सडकमा

khabarwave
५ पुष २०७७

काठमाण्डाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोधमा नेपाल कम्युनिस्ट पार्टीकै नेता कार्यकर्ताहरुले  प्रदर्शन गरेका छन् ।  संसद विघटनको बाटो रोजेर असंवैधानिक कदम चालेको भन्दै वीरगञ्जको घण्टाघरमा प्रदर्शन भएकाे छ ।

प्रदर्शनमा प्रचण्ड-माधव पक्षका नेता कार्यकर्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, गणतन्त्रका पक्षधर एक हौं लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

काठमाडौंमापनि  प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् ।माइतिघरकाे प्रदर्शनमा ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लागेकाे थियाे ।

Loading spinner