प्रदेश ५ को स्थायी राजधानी दाङकाे भालुवाङ दुई तिहाई बहुमतले पारित, संसद आजै अन्त्य

khabarwave
२० आश्विन २०७७

काठमाडौं । प्रदेश ५ को स्थायि राजधानी  दाङकाे भालुवाङ भएकाे छ । सरकारकाे उक्त प्रस्ताब दुई तिहाई बहुमतले पारित भएकाे छ ।प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भए सँगै प्रदेश प्रमुखबाट  मंगलबार नै लालमाेहर लगाउने र लगत्तै प्रदेश राजपत्रमा प्रकाशित गरेपछि लागू हुनेछ ।

सरकारकाे प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ । अाजै संसद अन्त्य हुदैछ ।अधिबेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष बिहानै सरकारले सिफारिश गरेकाे थियाे ।

Loading spinner