प्रदेश सभामा मतदान प्रक्रिया सुरू, केहीबेरमा निर्णय हुँदै

khabarwave
२० आश्विन २०७७

काठमाण्डाै ।      प्रदेश ५ को प्रदेश सभामा राजधानी र नाम ताेक्नेबारे  मतदान गर्न प्रक्रिया सुरू भएको छ।प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि मतदान भइरहेको हो।

प्रदेश सभा सांसदहरू मतदानमा सहभागी भइरहेका छन्।

यसअघि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका थिए ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका छन् ।प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भनेका थिए -राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन । यो ठाउँले दुईवटा आञ्चलिक राप्ती र लुम्बिनी)  मनोविज्ञानलाई जोड्ने काम गर्छ, साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ ।

प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै पोखरेलले लुम्बिनी क्षेत्रकाले दुख मान्नुनपर्ने बताए ।कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उनले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गरे ।

उनले प्रदेश राजधानी सरे पनि प्रदेश सरकार सिंगो प्रदेशभरको हुने भन्दै प्रदेश नेतृत्व नै बुटवलबाट बाहिर जान खोजेको अर्थमा नबुझ्न आग्रह गरे ।

Loading spinner