प्रदेश सभाको बैठक चलिरहेको अबस्थामा राजधानी ताेक्ने प्रस्ताब पेश भएपछि हंगामा,अबकाे बैठकमा संसाेधन हाल्ने बिपक्षीकाे तयारी

khabarwave
१६ आश्विन २०७७

काठमाण्डाै ।  प्रदेश ५ को सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने र नाम लुम्बिनी राख्ने   निर्णय गरे सँगै प्रदेशकाे राजनीति तरङ्गित बन्नपुगेको छ । प्रदेशको सभाको बैठक चलिरहेको अबस्थामा  मन्त्रिपरिषदको निर्णय बमाेजिम   प्रदेश सरकारले राजधानी दाङ को भालुवाङ्ग र नाम लुम्बिनी राख्ने  प्रस्ताव  प्रदेशको सभामा दर्ता गराएको थियो । प्रस्ताव दर्ता गराएसँगै  संसदकाे चलिरहेकाे   बैठक प्रभावित बन्नपुगेको छ ।

प्रस्ताव प्राप्त दर्ता लगत्तै सभामा समेत पेश गरिएकाे र  पेश गर्ने बित्तिकै प्रतिपक्ष दलहरूसँग छलफलबिनानै उक्त प्रस्ताव ल्याएको भन्दै  प्रतिपक्ष दलका  सांसद्हरू उभिएर विरोध जनाएपछि  सोमबार १ बजे सम्मका लागि बैठक स्थिगित  गरिएको छ ।  प्रमख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक निर्माला क्षेत्रीले सरकारले छलफल बिनानै  प्रस्ताब पेश गरेके हुनाले  आफ्नो विरोध रहेकाे बताउदै उक्त प्रस्ताव का बारेमा  थप के गर्ने भन्नेबारेमा पार्टीको बैठक चलिरहेको बताउनुभयो । त्यस्तै संघीय समाजवादी पार्टीका सांसद सन्तोष कुमार पाण्डेले सरकारले उक्त प्रस्ताव ल्याएर बेइमानी गरेको बताउदै   भन्नुभयो -गलत प्रस्ताव विरुद्ध दलले साेमबार  सभाको बैठकमा संसद संशोधन प्रस्ताव ल्याउँछाै ।  प्रदेशसभाको बैठक जेठो ९ गतेदेखि  चालु अवस्थामा रहेको छ । प्रदेश सभाको नामाकरण र  मुकाम ताेक्नैका लागी प्रदेशसभाकाे बैठक जारी राखिएकाे छ ।

Loading spinner