प्रदेश राजधानी परिवर्तनको प्रस्तावले नेकपामा विद्रोह, बालकृष्ण खाँण भन्छन- षड्यन्त्र भयो

khabarwave
१९ आश्विन २०७७

काठमाण्डाै । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रदेश राजधानी बुटवलमै हुनुपर्ने माग गरेका छन् । सोमवार  विज्ञप्ती जारी गर्दै राजधानीको वारेमा विज्ञ समूहले दिएको सुझावलाई पन्छाएर गलत प्रक्रिया अपनाइएको भन्दै त्यसको विरोध गरेका हुन । विज्ञप्ती मा भनिएकाे छ-‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुःखद पक्ष हो।’

प्रदेश ५ को कानुन मस्यौदा समितिको सभापति एंब नेकपाका   सांसद् भोजप्रसाद श्रेष्ठले राजीनामा दिएको घोषणा गरेका छन् । सोमवार विहान ७ बजे नेकपा संसदीय दलको बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सांसद् श्रेष्ठ सहभागी भएका भएका थिएनन । उनले सभामुखलाई राजीनामा पत्र बुझाउने तयारी गरेको बताएका छन  ।पदसँग राजधानी साटेको आरोप लागेको हुँदा उक्त पदबाट राजीनामा दिएको श्रेष्ठले बताएका छन् । केही समय अघि सांसद् श्रेष्ठलाई प्रदेश सरकारले प्रदेशसभा संचालन नियमावली मस्यौदा संशोधन समितिको सभापतिमा नियूक्ती गरेको थियो ।Image may contain: text

 

Loading spinner