
प्रदेशसभा भङ्ग गर्ने मुख्यमन्त्रीकाे चेतावानी,संसद अनिश्चकालकालकालागि स्थगितपछि बिपक्षीकाे आक्राेश बढ्याे
काठमाण्डाै । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् । उनीमाथि सरकारको आयु लम्ब्याउन प्रदेशसभा छलेको आरोप लाग्दै आएकाे छ ।प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता पनि लिएपनि राईलाई आफ्नो सरकार जोगाउन पुग्ने मत छैन ।
बिहीबार ओली पक्षका नेताहरुले प्रचण्ड–माधव समूहका नेताहरुलाई भेटेर अविश्वासको प्रस्ताव फिर्ता लिन वा पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय पर्खिन आग्रह गरेका थिए ।तर प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव अगाडि बढाउन हतार गरिरहेको कारण देखाउदै बिहिबारकाे बैठक अनिश्चकालका लागि स्थगित गरिएकाे छ । यही अबस्था कायम रहे मुख्यमन्त्री राईले प्रदेशसभा नै भंग हुनसक्ने पनि चेतावानी दिएका छन ।उनले प्रचण्ड–माधव समूहको रबैयाका कारण त्याे अबस्था सृजना हुन लागेकाे बताएका हुन ।