प्रदेशसभाको बैठक यसकारण स्थगित ,मुख्यमन्त्री पद जाेगाउन दाैडधूपमा

khabarwave
१९ माघ २०७७

काठमाण्डाै । वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो २ बजेका लागि तय भएको थियो । विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले  बैठक स्थगित गरेको छ । बैठक अब आगामी फागुन २ गते बस्ने  भएकाे छ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने र साे प्रस्ताब पारित हुने संकेत बढेपछि सत्तापक्षकाे दबाबमा बैठक स्थगित गरिएकाे अनुमान गरिएकाे छ । आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य छन् ।

Loading spinner