प्रदेशकाे नयाँ मुकाम सिंगार्ने यस्ताे छ याेजना

khabarwave
२२ आश्विन २०७७

दाङ जिल्लाको भालुवाङ लागि प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रदेश सभाको मंगलबारको निर्णयपछि  उक्त क्षेत्रलाई कसरी विकास गर्ने भन्ने सन्दर्भमा धारणाहरू सार्बजनिक हुनथालेका छन । प्रस्तावित राजधानीमा पर्याप्त संरचना नभएका कारण त्यस क्षेत्रलाई सोचेजस्तै विकास गर्नसकिने त्यस प्रदेशका बासिन्दा एवं   पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले बताउनुभएको  छ । उहाँ नयाँ राजधानीको विकासका सन्दर्भमा यस्ताे धारणा छ। –

१ )  गुरुयोजना

व्यवस्थित शहरकाे बिकासबाट मात्रै राजधानीको सुन्दरता  बढ्ने भएका कारण  प्रदेश सरकारले नयाँ राजधानी बनाउन  गुरुयोजना बनाउन जरुरी छ । प्रस्ताबित राजधानी संरचनामा पर्याप्त संरचना नभएकोका कारणले गर्दापनि प्रदेश सरकारलाइ कस्ताे राजधानी बनाउने भन्रे सुबिधा छ । काठमाडौँ जस्तो बिनायोजना शहरको आधुनिक विकास गर्नु हुँदैन योजनाबद्ध विकास गरेर जानकालागि गुरुयोजना बनाउनु प्रदेश सरकारको पहिलो  काम हो । यसतर्फ प्रदेश सरकारको ध्यान जानु आवश्यक छ । गुरुयोजना बनाउनकालागी सरकारले बिज्ञ र सबै दलहरूकाे सहयाेग र सल्लाह लिनुपर्छ ।

२)  थारु, आदिबासीकाे बिकास र भूमिमा पहुँच स्थापित     

राजधानी प्रस्ताव गरिएको  क्षेत्रमा थारु आदिवासीकाे बढी बसाेबास छ । उनीहरू त्यहाँका आदिवासी हुन । उनीहरूकाे संरक्षण गरेर,  भूमि माथिको अधिकार र विकासको पहुँचलाई स्थापित  गर्दै राजधानीको विकास गर्नुपर्छ।  अन्यत्र शहरीकरण हुँदा थारु ,आदिवासी जनजातीहरु  विस्थापित हुने गरेका कारण  यहाँ त्याे गल्ती सरकारले नदाेहाेन्याउन म बिशेष अनुराेध गर्दछु । थारु आदिवासीकाे  संरक्षण ,सम्वर्द्धन गर्दै ,  भूमि  र विकासको अधिकार र  पहुँचलाई स्थापित गर्ने  सोच  बन्न जरुरी छ।

३ ) सडक पूर्वाधार विस्तार

पश्चिम बर्दिया ,पूर्व रूकुम  तथा राेल्पाका बिकट स्थानसम्मबाट प्रदेश राजधानीमा नागरीककाे पहुँच पुन्याउनकालागी        सडक पूर्वाधार विस्तार गर्नु जरूरी छ । देउखुरीकाे मात्र बिकास गरेर हुँदैन , त्यस आसपासका क्षेत्र , बाँके , बर्दिया एबं पहाडी जिल्लामा सडक तथा अन्य पूर्वाधारकाे समाबेशीरूपमा गरिनुपर्दछ । स्थापित राजधानीमा सहजै पुग्नकालागी ६ देखि ८ लेन सम्मकाे सडक विस्तार गर्न  पर्छ ।

४) ईकाे टुरिज्जमकाे बिकास

दाङ, बाँके र  बर्दिया थारू, आदिवासी जनजातिको  बसोबास बढी छ भने रुकुम, रोल्पाजस्ता पहाडी जिल्लामा मगर लगायत अन्य जातिहरूकाे बसोबास रहेको छ । उनीहरूको संस्कृति ,भाषा, रहनसहनकाे  अध्ययन ,अनुसन्धान र बिकास एंब संरक्षण गर्दै ईकाे टुरिज्जमकाे बिकास गर्न सके यस प्रदेशका  जनताको रोजगारी बढ्नुका साथै   प्रदेश सरकारकाे  आयस्रोतमा पनि वृद्धि हुने  छ । यसतर्फ प्रदेश सरकारको ध्यान जान जरुरी छ ।

५) जनशक्ति उत्पादन

ईकाे टुरिज्जमकाे बिकासका लागी  प्रदेश सरकारले त्यही किसिमकाे दक्ष जनशक्ति उत्पादन  गर्नकालागी  ध्यान जानु पर्छ ।  ईकाे टुरिज्जमकाे माध्यमबाट त्यस क्षेत्रका नागरिकलाइ आत्मनिर्भर वनाउन सके  रोजगारी वृद्धि गर्ने र राज्यकाे आयमा बृद्धि हुनेछ ।

 

Loading spinner