प्रतिनिधि सभा विघटनविरुध्दको मुध्दामा साढे तीन सय वकिल बहसमा भाग लिदै

khabarwave
६ माघ २०७७

काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दामाथि आइतबारदेखि संवैधानिक इजलासमा शुरु भएको सुनुवाई आज मंगलबार पनि हुदैछ। आइतबार अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल पोखरेल, बद्री भट्ट र सन्तोष भण्डारीले बहस गरेका थिए भने सोमबार अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गरेका थिए। प्रतिनिधि सभा विघटनविरुध्दको मुध्दामा साढे तीन सय वकिलले बहसका लागि नाम टिपाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए ।

Loading spinner