प्रतिनिधि सभा पुनर्स्थापना भए नेकपाकाे एकता पनि जोगिने दाबी

khabarwave
३ माघ २०७७

काठमाण्डाै  । नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले संविधानलाई च्यातिन नदिन र देशलाई फेरि सही ट्रयाकमा ल्याउन प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्पै नभएकाे बताएका छन । उनले ‘सेटिङ’ वाहेक अरुले प्रतिनिधि सभा पुनर्स्थापनालाई रोक्न नसक्ने दाबी गरेका छन् ।शनिबार रुपन्देहीको मणिग्राममा नेकपा तिलोत्तमा नगर कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै भुसालले भने,प्रतिनिधि सभा पुनर्स्थापना भए पार्टी एकता पनि जोगिने, तर ओलीको ‘अपराध’बारे समीक्षा गर्ने र उनी सजायको भागिदार बन्नुपर्ने  बताए ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रधानमन्त्री ओलीको सर्वसत्तावादी सोच र अहंकारका कारण प्रतिनिधिसभा विघटन गरिएको बताए ।

Loading spinner