प्रतिनिधिसभा विघटन भएपछि सवारी सुविधा फिर्ता लिन सचिवालयकाे सूचि तयार , गाडी फिर्ता नगर्नेहरू काे- काे ( सूचिसहित) 

khabarwave
४ फाल्गुन २०७७

काठमाण्डाै । प्रतिनिधिसभा विघटन भएपछि सवारी सुविधा फिर्ता लिन  संघीय संसद सचिवालयले संसदका पदाधिकारीहरुको सूची तयार पारिएको छ । सवारी सुविधा फिर्ताकाे सूचीमा  नेपाली कांग्रेस संसदिय दलका नेता   शेरबहादुर देउवादेखि सत्तारढदल नेकपाका सांसदहरूकाे नामसमेत  सामेल गरिएकाे बताइएकाे छ । संसद सचिवालयले  तयार गरेकाे सूचिमा     १८ सुविधाको गाडीमध्ये एउटामात्र फिर्ता भएको र बाँकी १७ वटा प्राप्तिका लागि सूची तयार गरिएको हो ।

प्रतिनिधिसभा विघटन भएपछि गाडी फिर्ता गर्नुपर्नेमा  प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सत्ता पक्षका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, विपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, जनता समाजवादी दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले संसद सचिवालयबाट सुविधाको गाडी प्रयोग गरिरहेका छन् । प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय समितिका सभापति पवित्रा निरौला खरेल, उद्योग समितिका सभापति विमल श्रीवास्तव, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, कृषि तथा सहकारी समितिका सभापति पूर्णाकुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्ण, राज्यका निर्देशक सिद्धान्त समितिका निरा जैरुले गाडी बुझाउनुपर्ने लिष्ट तयार रहेको संघीय संसद सचिवालयको भनाइ छ ।
हालसम्म संसदीय समिति अन्तर्गतको महिला समितिकी सभापति एवं प्रधानमन्त्री ओली निकट नेतृ निरु पालले मात्र गाडी फिर्ता गरेकी छन् । पालले संसद विघटन भएको ५ दिनपछि गत पुस १० गते सभापतिको हैसियतमा चढ्दै आएको  गाडी फिर्ता गरेकी हुुन् ।

 

 

 

Loading spinner