प्रचण्ड भन्छन- ओलीको व्यवहारले दिक्क भइसके, चोचोमोचो’ले संकट आएको नेपालकाे टिप्पणी

khabarwave
२६ मंसिर २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अब कानेखुसी गरेर होइन, पार्टीका नेताहरुसँग छलफल गरेर सहमति निकालेर अगाडि बढ्नुपर्ने बताएका छन  । एक भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा कानेखुसी गर्न रुचाउने प्रवृत्ति देखिएको बताउदै अब कानेखुसी गरेर पार्टी नचल्ने बताएका छन । बिहीबार बागमती प्रदेशका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवहरुको भर्चुअल भेला भएको थियो ।

सचिवालयकै नेताहरु कानेखुसीको नीति अवलम्बन गर्ने र धोका दिने प्रवृत्ति ओलीमा रहेको उनले बताएका छन । बैठकले निर्णय गर्ने र नेतृत्वले कार्यान्वयन गर्नेतिर जानुपर्छ’, प्रचण्डले बताए । ओलीको व्यवहारले आफू दिक्क भइसकेको उनले बताए ।प्रचण्डसँगै नेता नेपालले पनि सम्बोधन गरेका थिए । पहिले दुई अध्यक्ष मिलेर आफूलाई अल्पमतमा पारेको सम्झदै नेता नेपालले ‘दुई अध्यक्षको चोचोमोचो’ले संकट आएको बताए ।  दुई अध्यक्षले गरेपछि भइहाल्यो भनेर हुन्न । पार्टी कमिटीले पार्टी चलाउने हो’, नेपालको भनाइ थियो ।

 

Loading spinner