प्रचण्डले मान्छे मार्ने आन्दोलन गर्न खोजेकाे प्रधानमन्त्रीकाे आराेप

khabarwave
१९ माघ २०७७

काठमाण्डाै   । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने दाबी गरेका छन  । ‘संसद बिघटनलाई असंवैधानिक रहेको तर्क वितर्क गरिरहका छन्,’ उनले भने, ‘संसद विघटन संवैधानिकै छ । नयाँ जनादेशबाट सरकार बन्नुपर्ने भन्दै उनले प्रदेश २ मा पहिलो चरणमै निर्वाचन हुने समेत बताएका छन । स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको अवसरमा सिराहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड-माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै उनले भने, ‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो ।’‘म उहाँलाई भन्न चाहन्छु अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन । कुनै धृष्टता नगर्नुहोला । हिजोको जमाना अब होइन ।’

 

 

 

Loading spinner