प्रचण्डले पार्टी कार्यालयमा बोलाएको बैठकलाई ओली पक्षले भन्यो भेला

khabarwave
२१ कार्तिक २०७७

काठमाडौं । नकेपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । पटक पटक पार्टी कमिटीको बैठक बोलाउन आग्रह गरे पनि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टका अध्यक्ष केपी शर्मा ‌ओली बैठक बोलाउन तयार नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय सदस्यहरुको बैठक बोलाएका छन्। तर, प्रचण्डले बोलाएको बैठकमा ओली भने नजाने भएका छन्। पार्टीमा विवाद चर्किरहेका कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रवार दिउसो तीन बजे सचिवालय सदस्यहरुलाई धुम्बाराही बोलाएका छन्। प्रचण्डको सचिवलयका अनुसार छलफलमा ओलीलाई पनि बोलाइएको छ। तर, प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले त्यसलाई बैठक नै नमिल्ने दाबी गरे। बैठक बेलाउनका लागि दुई अध्यक्षबीच सहमति हुनुपर्छ। सहमति भएको नै छैन। उहाँहरु घरमा कोठमा कता–कता बस्नुहुन्छ, थापाले भने, त्यसैको निरन्तरता हो, त्यो बैठक होइन्।

Loading spinner