यसकारण पुरानै नेकपा आधिकारीक-प्रमुख निर्वाचन आयुक्त

khabarwave
१२ माघ २०७७

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानै नेकपा आधिकारीक रहेको बताएका छन् ।

उनले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको तथा विष्णु पौडेल महासचिव रहेको नेकपा मात्रै आधिकारिक नेकपा भएको जानकारी दिदै नेकपाका दुई समूहले आधिकारिता दाबी गर्दै पेस गरेको कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै पक्षलाई आधिकारीक मान्न नसक्ने  बताएका छन ।

दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक राख्ने र बैठकबाट भएका निर्णयलाई दुवै जना अध्यक्षले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्ने प्रावधान रहेकाले दुवै समुहमा यस्तो निर्णय गरेको नदेखिएकाले प्रावधानविपरीत गरिएका निर्णय स्वतः अवैध हुने भएकाले समूहगत रूपमा आएका दुवै समूहको निवेदन खारेज भएको र पुरानै नेकपा आधिकारिक भएको उनकाे भनाइ थियाे ।

 

 

Loading spinner