पार्टी एकता गम्भीर मोडमा पुगेको मुख्यमन्त्री पोखरेलकाे दाबी

khabarwave
२९ कार्तिक २०७७

काठमाण्डाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका स्थायी कमिटि सदस्य  शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबार पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

प्रचण्डको प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको पोखरेलले टिप्पणी गरेका छन् ।उनले  शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै भनेका छन – प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको छ, म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन  अनुरोध गर्दछु  ।

Loading spinner