नेपाल-भारतबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने प्रधानमन्त्री ओलीकाे घाेषणा

khabarwave
१ आश्विन २०७७

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले  दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् । प्रधानमन्त्री  ओलीले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७० औं    जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् आज शुभकामना दिदा उक्त कुरा बताएका हुन।

समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

मोदीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टी भाजपाले ‘सेवा सप्ताह’ अभियान सुरु गरेको छ ।

यस अभियानमा वृक्षरोपण, कोरोना संक्रमितको उपचार हुने अस्पतालहरुमा फलफूल वितरण, औषधि उपकरण वितरणलगायतका कार्यक्रम गरिने भाजपाले जनाएको छ ।

 

Loading spinner