नेपाल आयुर्वेद चिकित्सा परिषदमा नयाँ नेतृत्व 

khabarwave
३१ चैत्र २०७७

काठमाण्डाै । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ चैत १२ को निर्णयअनुसार आयुर्वेद चिकित्सा परिषद्को समिति गठन गरिएको छ । उक्त समितिको अध्यक्षमा डा. सन्तोष ठाकुर मनोनित हुनुभएको छ भने सो समितिमा डा. मितिलेश कुमार साह, डा. विकास राज घिमिरे, डा. मूण कर्ण थापा, डा. मंगलकान्त झा, डा. उमेश मेहता, डा. अभिषेक ताम्राकार तथा डा. रचना पौडेलज्यूहरु सदस्यमा मनोनित हुनुभएको छ । परिषद्को रजिष्ट्रारमा डा. निर्मल भूसाललाई नियुक्त गरिएको छ । यस समितिको पदावधि चार वर्षको कायम हुने गरी गठन गरिएको छ ।

Loading spinner