नेपाली भूमिमा भवन बनाएका छैनौं : चिनिया दुतावास

khabarwave
७ आश्विन २०७७

काठमाडौं । हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ। चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको दाबी गरेको छ । दुतावासका प्रवक्ताले मंगलबार राती एक प्रेस नोट जारी गर्दै चिनले भवन बनाएको भुमी चिनकै रहेको र नेपालले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न सक्ने जनाएको छ ।
हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो । प्रेस नोटमा ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नभएको र दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध रहेको जनाएको छ ।

Loading spinner