नेकपा सचिवालय बैठक बस्दै ,मन्त्री नियुक्तिकाे लागि सिफारिश हुने

khabarwave
२० आश्विन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज मंगलबारका लागि बोलाइएको छ।प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सोमबार भएको भेटपछि सचिवालयको बैठक मंगलबारका लागि बोलाइएको हाे । सचिवालयको बैठक मंगलबार दिउँसो ४ बजेका लागि तय भएकाे छ ।

सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुने बताइएकाे छ । बैठकले रिक्त तिन मन्त्रालयमा मन्त्री नियुक्तका लागी पार्टीका तर्फबाट नाम सिफारिश गर्न सक्ने बताइएकाे छ । जसमा अर्थमा बिष्णु पाैडेल, शहरी बिकाशमा महेश बस्नेत,र सुचना तथा संचारमा प्रदिप ज्ञवालीलाइ ल्याएर परराष्टमा सुरेन्द्र पाँण्डेलाइ मन्त्रीमा सिफारिश हुने संभावना रहेकाे बताइन्छ ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो। सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुनेछ।

 

Loading spinner