नेकपा प्रचण्ड–माधव समूहले बाेलायाे एकैदिन स्थायी र केन्द्रिय कमिटी बैठक

khabarwave
१८ फाल्गुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई बुधबार दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । निर्देशनपछि उपत्यकाबाहिर विभिन्न कार्यक्रममा रहेका नेताहरु राजधानी फर्कदैछन् । केन्द्रीय कमिटी बैठक बोलाइएपछि कतिपय पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित गरिएको छ । स्थायी कमिटि बैठक बुधबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमै बस्ने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बस्ने र आफ्नो समूहका नेताहरुलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेको हाे  ।

 

Loading spinner