नेकपा अध्यक्ष प्रचण्डको निवासमा आउजाउ बन्द

khabarwave
२१ आश्विन २०७७

काठमाडौं । कोरोना कहरले देश आक्रान्त बनाइरहेको बेला नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको निवासमा झ्याल ढोका बन्द गरिएको छ । कोरोनाले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलाई समेत छोपीसकेका कारण बालुवाटारले समेत झ्याल ढोका बन्द गरेको अवस्थामा अध्यक्ष प्रचण्डको निवासमा सुरक्षाको उच्च सतर्कता अपनाइएको थाहा भएको छ । एक साताका लागि प्रचण्ड निवासबाट कोही पनि बाहिर जान पाउने छैनन् भने बाहिर बाट पनि कोही व्यक्ति भित्र जान नपाउने नियम लागू गरिएको बताइएको छ । कोरोनाले सबैलाई आक्रान्त बनाएको बेला नेकपा अध्यक्ष प्रचण्ड निवासमा बढाइएको सक्रियताले पक्कै पनि अवस्था सहज छैन भन्ने संकेत गरेको छ ।

Loading spinner