
नेकपाको आन्तरिक विवाद उत्कर्षमा, दुबै आ-आफ्नाे रणनीति बनाउँदै
काठमाण्डाै । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। यो विवादका कारण कतै पार्टी फुट्ने त होईन ! भनेर आम नेता तथा कार्यकर्तामा चिन्ता थपिएको छ ।
सनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले करिब एक घण्टा एक्लाएक्लै भेट गरेपनि समस्या उस्तै देखिएकाे छ ।प्रधानमन्त्री ओलीसँगको भेटवार्ताबारे दाहालले आज आफूनिकट नेताहरुसँग खुमलटारमा ब्रिफिङ गरेका छन् । उक्त भेटवार्तामा सहभागी नेकपाका नेताका अनुसार हिजोको भेटमा ओलीले दाहाललाई अब सँगै जान नसकिने भएकोले अलग अलग जान प्रस्ताव गरेका थिए । दिउसाे महासचिब बिष्णु पाैडेलले पनि पार्टी विबाद गंभिर माेडमा पुगेकाे भन्दै चिन्ता व्यक्त गरेपछि नेकपाभित्र गंभिर समस्या छ भन्ने देखाउछ ।अहिले दुवै पक्ष अब कसरी अघि बढ्ने भन्ने रणनीतिमा जुटेका छन् ।
दाहाल समूहमा वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उभिएका छन् । यसअघि गौतम र थापा ओली पक्षमा उभिएका थिए । तर, पछिल्लो समय ओलीले पार्टीका निर्णयलाई लत्याएर एकलौटी गरेको भन्दै गौतम र थापा पनि ओलीसँग असन्तुष्ट बनेर दाहाल क्याम्पमा आएको स्रोतको दाबी छ ।
त्यस्तै आइतबार बिहान पनि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बसेको थियो । जसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य पृथ्वी सुब्वा गुरुङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतको उपस्थितिरहेकाे बताइएकाे छ ।