वीपी संग्रहालयमा पुगेर बिडारीले भने-वीपीलाई गाली गर्न सिकाएको कुरा गलत रहेछ

khabarwave
४ कार्तिक २०७७

काठमाण्डाै ।   रास्ट्रिय सभाका  सांसद एवं रास्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका  सभापति  रामनारायण बिडारी श्रीमति सहित वीपी संग्रहालयको अबलोकनमा गएका छन ।जनताका समस्या खराेरूपमा राख्ने बिडारीले त्यस अबसरमा संग्रहालयको बारेमा जानकारी लिएकाे वीपी संग्रहालयका अध्यक्ष पर्शुराम प्राेखरेलले बताउनुभयाे।

फर्कने क्रममा संग्रहालयको आगन्तुक पुस्तिकामा संग्रहालयको संरक्षण र बिकासका लागी सहयोग पुर्याउने कुरा उल्लेख गर्दै बिद्यार्थी कालमा कम्युनिश्ट शिक्षालयले वीपी लाई गाली गर्न सिकाएको कुरा गलत रहेछ भन्ने कुरा पछिल्ला अध्ययनबाट बुझिएको धारणा बिडारीले राख्नुभएकाे संग्रहालयका अध्यक्ष  प्राेखरेलले जानकारी दिनुभएकाे छ ।

Loading spinner