नेकपाकाे महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म,एमसीसी संशोधनसहित पारित गर्ने निर्णय

khabarwave
२६ भाद्र २०७७

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म  गर्ने निर्णय भएकाे छ ।शुक्रबार बसेको स्थायी कमिटीको  बैठकले   साे निर्णय गर्दै त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकले के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन् । नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।उनका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने भने सरकार पार्टीको मागर्दशनमा चल्नेछ । सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइनेछ ।

 

Loading spinner