नेकपाका अध्यक्षद्वयबीच टेलिफोन बार्ता, नारायणकाजी भन्छन-सल्लाह गरेर पार्टी अलग गरौं भन्ने कुरा सही होइन

khabarwave
१८ कार्तिक २०७७

काठमाडौं । नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्टले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं भन्दै  पार्टी भित्रको छलफल्,बहश र अन्तर्सँघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिन आग्रह गरेका छन ।उनले सामाजिक संजालमा लामाे स्टाटर्स लेख्दै भनेका छन् – तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं ।  सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही होइन । तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थात ब्यक्तिगत कटुता सहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं।
पार्टी एकताको रक्षा गरौं। साथै पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं ।

यसैबीच  सत्तारुढ नेकपाकाे विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको बताइएकाे छ । अध्यक्षद्वय ओली दाहालबीच सोमबार टेलिफोन वार्ता भएको दाहाल निकट एक नेताले बताएका छन  । कुराकानीमा एकपटक निर्णयक वार्ता गर्न अध्यक्ष ओलीले दाहाल समक्ष प्रस्ताव गरेको बताइएकाे छ । प्रधानमन्त्रीका एक सल्लाहकारले पनि अध्यक्षद्वयबीच टेलिफोन कुराकानी भएको पुष्टि गरेका छन ।

 

Loading spinner