निर्वाचन आयोगमा ओली र प्रचण्ड-माधव समूहले बुझाए सूचि , बैधानकिताको टुंगो लगाउन आयोग अघि बढ्याे

khabarwave
८ पुष २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा  बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।

बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निश्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार दुवै पक्षले आफ्नो दावी पेस गरेपछि त्यसका प्रमाणहरु केके छन् भनेर उनीहरुलाई सोध्दा दुवै पक्षले त्यसका आधारहरु पेश गर्नुपर्ने हुन्छ । अव आयोगले दुुवै पक्षका कागजात छानविनमा लाग्ने छ ।  दलको विधान र राजनीतिक दलसम्बन्धी प्रावधानअनुसार आवश्यक निर्णय अयोगले गर्ने र बैधानकिताको टुंगो लागेसँगै नेकपा नाम र निर्वाचन चिन्ह पनि दुईमध्ये एक पार्टीले पाउने छ ।

 

 

Loading spinner