निजी प्रयोगशालाले पीसीआर टेष्टको शुल्क समायोजन नगरे स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने मन्त्रालयको निर्णय

khabarwave
१४ आश्विन २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने मन्त्रालयको निर्णय गरेकाे छ । उक्त निर्णय सच्याउन मन्त्रालयले २४ घण्टे अल्टिमेटम दिएको छ । सरकारले भदौ २८ बाट आरटी(पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको छ ।

ल्याबहरुको अनुगमन गरेको गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा बुझाएको छ । स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड डायगनोस्टिकले संयुक्त रुपमा ३हजार ८सय ९९ रुपैयाँ शूल्क तोकेपछि मन्त्रालय रूष्ट बनेकाे हाे ।

 

Loading spinner