दोलखाको  सिँगटीमा जिप दुर्घटनामा ४ को मृत्यु , १७ घाइते

khabarwave
३१ चैत्र २०७७

काठमाडौं । दोलखाको  सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिगु गाउँपालिका–४ मा गएराति साढे १० बजेतिर भएकाे दुर्घटनामा १७ जना घाइते भएका बताइएकाे छ ।

दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अ जिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको दोलखा प्रहरीले जानकारी दिएकाे छ।घाइतेमध्ये १० जनालाई गएराति नै काठमाडौंमा उपचार गर्न पठाइएको छ भने अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।

Loading spinner