देशभर ३ हजार ९३ संक्रमित थपिए

khabarwave
४ कार्तिक २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार   काठमाडौं उपत्यकामा १७ सय २ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १ सय २३ र भक्तपुरमा १सय ४८ जना संक्रमित थपिएका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ ।संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ ।

 

Loading spinner