दुई ह्याण्ड सेनिटाइजरकाे उत्पादन तथा बिक्री वितरणमा रोक
काठमाडौं। औषधी व्यवस्था विभागले काठमाडौं र भक्तपुरका दुई कम्पनीका उत्पादनहरूको बिक्री वितरणमा रोक लगाएको छ।बजारमा विक्रि वितरण भइरहेको काठमाडौंको सुसन्क्या इन्डस्ट्रीज प्रालिद्धारा उत्पादित एरोसफ्ट इन्ट्यान्ट ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ। सेनिटाइजरका नमुना राष्ट्रिय औषधी प्रयोगशालामा परिक्षण गर्दा तोकेको मापदण्ड इन्ट्यान्ट ह्याण्ड सेनिटाइजर अल्कोहल बेस सम्बन्धी स्तर २०७६ विपरीत विषाक्त रसायन मिथानोल समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण पाइएको विभागले जनाएको छ। उत्पादन मिति अगस्ट २०२० र प्रयोग गर्न सकिने मिति अगस्ट २०२२ रहेको ५ लिटरमा बजारमा पाइने एरोसफ्ट इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजरमा रोक लगाएको हो।
दुवै कारखानालाई स्पष्टीकरण सोध्दै उत्पादन र बिक्री वितरण बन्द गर्न सार्वजनिक सूचना गरेको हो।यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुदा सर्वसाधारणलाई प्रयोग नगर्नर नगराउन विभागले सूचनामार्फत आग्रह गरेको हाे।