तीन सहसचिब सचिब पदमा बढुवा, एक अझै रिक्त

khabarwave
१० मंसिर २०७७

काठमाडौं ।  नेपाल सरकार मन्त्रिपरिषद्‍काे बैठकले रिक्त सचिब पदमा  तीन जना सहसचिवलाई  बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍ स्राेतका अनुसार बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले सहसचिवहरू सुरेश आचार्य, गोकर्णमणि दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ।

सचिव बढुवा सिफारिस समितिले प्रशासन, कृषि तथा वन र इन्जिनियरिङ गरी तीनै सेवातर्फबाट सिफारिस गरेकेा थियाे। अझै एक प्राबिधिक तर्फकाे सचिब पद रिक्त छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि बैठक डाकिएको थियाे।

Loading spinner