तीन विश्वविद्यालयका उपकुलपतिमा भागबन्डा,कस-कसकाे नियुक्ति हुँदैछ ?

khabarwave
१० आश्विन २०७७

काठमाण्डाै ।  तीन विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्ति हुने भएकाे छ । संस्कृत र कृषिमा नेकपानिकट र पोखरा विश्वविद्यालयमा मा कांग्रेसनिकटलाई नियुक्ति दिने सहमति बनेको बताइएकाे छ।    शुक्रबार साढे तीन घन्टा मन्त्रिपरिषद् पुनर्गठन र विश्वविद्यालयहरूमा रिक्त उपकुलपति नियुक्तिका विषयमा  प्रधानमन्त्री केपी शर्मा   र नेकपा अध्यक्ष पुष्पकमल दाहाल बीच छलफलपछि सहमति जुटेकाे बताइएकाे छ ।स्राेतकाअनुसार  नेपाल संस्कृत विश्वविद्यालय दाङमा यादवप्रकाश लामिछाने तथा कृषि र वन विश्वविद्यालय चितवनमा डा पुण्य रेग्मीलाई उपकुलपति नियुक्त गर्ने समझदारी भएको  जनाएको छ । उनीहरू दुवै नेकपानिकट हुन् । त्यस्तै, पोखरा विश्वविद्यालयमा भने प्राडा प्रेमनारायण अर्याललाई नियुक्त गर्ने समझदारी भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल र समझदारीअनुसार पोखरा विश्वविद्यालयमा भने कांग्रेसनिकट अर्याललाई नियुक्त गर्ने समझदारी भएको स्रोतको भनाइ छ ।

रिक्त ती विश्वविद्यालयमा शिक्षा मन्त्रालयले कात्तिक, ०७६ मा उपकुलपति नियुक्तिका लागि आवेदन मागेको थियो । आवेदन लिएको करिब एक वर्षपछि राजनीतिक सहमति जुटाएर ती विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने विषय टुंगो लागेको हो ।

 

Loading spinner