तनहुँबाट कांग्रेसकाे उद्घाेष-देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउछाै

khabarwave
१८ मंसिर २०७७

काठमाण्डाै ।  नेपाली कांग्रेसका नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइदिएको टिप्पणी गर्दै देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् । बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको थियो । कांग्रेसका नेताहरूले तनहुँमा बुधबार उद्घाटन गर्न नपाएको पुल  बिहीबार  उद्घाटन कार्यक्रमलाई शक्ति प्रदर्शनको माध्यम बनाउँदै सरकारविरुद्ध कांग्रेस एक भएको बताएका छन  ।

कांग्रेस वरिष्ठ नेता पौडेलले मन्तव्यमा देशमा लोकतन्त्र आइसकेपछि पनि डण्डाको पेलान सहनु परेकाले लोकतन्त्र साकार पार्नै बाँकी रहेको पौडेलले बताए । कम्युनिस्ट सरकारका नाममा भएको हिजोको घटनाले लोकतन्त्र र गणतन्त्र नै लज्जित भएको बताउदै पौडेलले जातन्त्रवादीहरु सडकमा उत्रिएर आन्दोलित हुन पुगेकाे, अबको आन्दोलनले ठूला माछाहरु संरक्षण गर्ने र साना माछा खाँदै हिँड्ने अख्तियारका विरुद्ध पनि हुने बताएका थिए । उनले बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने मान्छे आज राष्ट्रवादको हिरो बन्न खोजेको र  कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको दाबी गरे ।

केन्द्रीय सदस्य शंकर भण्डारीले भोलि नेपाली कांग्रेस फेरि सरकारमा आउने कुरालाई नबिर्सन उनले स्थानीय प्रशासन र कर्मचारीलाई चेतावनी दिए । भोलि फेरि कांग्रेस सरकारमा आउँछ यो नबिर्सनू , भिड्ने नै हो पनि आफूहरु तयार रहेको भन्दै भण्डारीले आक्रोश पाेखे ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँमा बुधबार भएको घटना सीडीओ वा प्रशासनले घटाएको घटना नभएर कांग्रेसलाई दमित गर्ने नेकपा प्रवृत्तिले घटेको बताए । केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिस्टसँग लड्नैपर्ने भएकाले कांग्रेससँग लड्नुको विकल्प नभएको  भनाइ राखे।गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नै पार्टीबाट अपमानित भइरहेको ओली सरकारले प्रहरी र प्रशासन प्रयोगबाट गरेको अपमानले कांग्रेसलाई एक हुने सन्देश मिलेको बताए ।

 

Loading spinner