तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्दिन – प्रमुख आयुक्त राई

khabarwave
१५ फाल्गुन २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । घट्टेकुलो समाजले  आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने बताएका छन। उनले भने- ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन,’  ‘तर निर्दोष व्यक्तिलाई फसाउन खोज्नेलाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।’

नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानूनसम्मत ढङ्गले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

 

 

Loading spinner