डोटी जिप दुर्घटनामा वडा सचिवसहित चारकाे मृत्यु

khabarwave
२१ मंसिर २०७७

काठमाण्डाै । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ ।   तीन जनाको घटनास्थलमै र अर्का एक बालकको उपचार गर्न लैजाँदै गर्दा  मृत्यु भएकाे हो ।

दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटनामा परेकाे हाे । मृत्यु हुनेमा  बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा)  वर्ष २८ की मञ्जु त्रिपाठी,मृतक मन्जु त्रिपाठीका चार वर्षीय छोरा ,उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैनका कृषि प्राविधिक हरिनारायण भट्ट छन।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । जिप राति करिब १ः३० बजे दुर्घटना भएको हाे । घाइतेको उद्धार र शव संकलनको कार्य जारी छ ।

Loading spinner