डा. भट्टराईकाे व्यंग्य- प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो

khabarwave
२ कार्तिक २०७७

काठमाडौं । पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले माओवादीलाई प्रधानमन्त्री केपी शर्मा ओली सामू लम्पसार परेको आरोपमा परेको टिप्पणी  गर्दै माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीको चरणमा लम्पसार परेको टीप्पणी गरेका हुन् ।

उनले ट्वीट गर्दै ओली उवाच‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो । त्यसैले त वालुवाटार दरबारको आदेशमा वागमतीरगण्डकी र कर्णाली र लुम्बिनी प्रदेश बनिरहेछन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्द अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेपछि विवाद समाधानका लागि ओलीले शनिबार कर्णालीका नेताहरुलाई बालुवाटार बोलाएका थिए ।  सोही विषयलाई लिएर भट्टराईले टीप्पणी गरेका हुन् ।

Loading spinner