जो वाईडेनपछिको अमेरिका

khabarwave
२४ कार्तिक २०७७

लामो रस्साकसी र प्रतीक्षा पछि आगामी ४ वर्ष अमेरिकामा डेमोक्र्याटिक पार्टीबाट निर्वाचित राष्ट्रपति जो बाईडेनले शासन गर्ने छन्। शासन शब्द आफैमा त्यति प्रीय र प्रजातान्त्रिक शब्द हैन तापनि आगामी ४ वर्ष अमेरिकामा डेमोक्र्याटिक पार्टीको मूल्य र मान्यतामा आधारित प्रशासन चल्छ। अमेरिकामा शासन संचालनमा लामो समय देखि डेमोक्र्याटिक र रिपब्लिकन पार्टीले पालै पालो शासन संचालन गर्दै आएका छन्।तत्कालको ४ वर्ष रिपब्लिकन पार्टीका प्रतिनिधि डोनाल्ड ट्रम्फले अमेरिकामा शासन चलाए।

उनलाई सिनेट समेतले साथ दिदा दिदै पनि ट्रम्फ राजनीतिज्ञ नभएर एक उद्यमी ब्यबसायी भएका कारण विश्वमा समन्वयकारी भूमिका त खेल्न सकेनन् नै , आन्तरिक तवरबाट समेत अमेरिकी नागरिकको हितमा आशातित भूमिका निर्वाह गर्न सकेनन्। ट्रम्फले अमेरिकाको अध्यागमन प्रणालीको ब्यबस्थापन गर्ने नाममा अमेरिकाका आन्तरिक आप्रवासी उपर पनि जिम्वेबार ब्यबहार देखाउन सकेनन्दे

शमा शान्ति सुरक्षा कायम गर्ने नाममा रंग भेद नीतिमा पक्षपात गरेको आरोप उनी माथि लाग्यो। त्यसै गरी मेक्सिको संगको सीमानामा पर्खाल लगाउने कार्य आफैमा अनुपयुक्त हैन तर यसले ट्रम्फलाई आप्रवासी उपर थप अनुदारवादी भएको भन्ने आरोपलाई बल पुग्यो। त्यसै गरी विश्व स्वास्थ्य संगठन जस्ता अन्तर्राष्ट्रिय संगठनबाट हट्नु, विश्वको राजनीतिक तथा आर्थिक यथार्थतालाई आत्मसाथ गर्न नसक्नुले ट्रम्फले विश्वमा समन्वयकारी भूमिका खेल्न नसकेको आभास हुन थाल्यो। यस किसिमका परिदृश्य विद्यमान हुदा हुदै विश्वमा एकाएक देखा परेको कोभिड-१९ को प्रकोप ट्रम्फको कार्य सम्पादनमा थप पेचिलो बन्न पुग्यो।

किनभने यो प्रकोपको वास्तविकता स्वीकार गरी यसको नियन्त्रण र रोकथाममा राज्यका संयन्त्र र जनशक्ति पूर्ण क्षमतामा लगाउनु पर्नेमा यसलाई हल्का रूपमा लिनु ट्रम्फको सबभन्दा ठूलो कमजोरी रह्यो र यसबाट अमेरिकाले ब्यहोर्नु परेको मानवीय क्षतिलाई मुख्य रूपमा चुनावी मसलाको रूपमा प्रतिपक्ष दल डेमोक्र्याटिक पार्टी र यसका उमेद्वारले प्रयोग गरे। यी र यस्तै कारणले झण्डै ३ दशक यता लगातार दुई कार्यकाल शासन सत्तामा रहने क्रम रिपब्लिकन पार्टीले भंग गर्यो। यसरी रिपब्लिकन पार्टी भन्दा पनि सो पार्टीबाट राष्ट्रपति बन्न पुगेका हठी स्वभावका गैर राजनीतिक ब्यक्ति डोनाल्ड ट्रम्फको कमजोरीका कारण चाडै सरकार बनाउने श्रेय पाएका जो बाईडेन आफैमा अनुभवी राजनीतिज्ञ हुन र त्यसमा पनि एक ऊर्जावान उपराष्ट्रपति कमलाको साथले यिनलाई सफल बनाउने अपेक्षा गरिनु स्वभाविकै हो तर अमेरिका कानूनी शासन भएको मुलुक हुनाले कानूनी दायरा भन्दा बाहिर गएर ब्यबहार गर्न खोजिए ट्रम्फ कै गति हुने विषयमा उनी पनि अनभिज्ञ छैनन्।

यहा राष्ट्रपतिलाई चलायमान र गतीशील बनाउन यहाको प्रतिनिधि सभा (हाउस) र सिनेट दुवै उनको अनुकूल हुनु पर्छ र त्यसमा पनि सिनेटको भूमिका अझै महत्वपूर्ण हुने गर्छ। अहिले सम्मको मतगणनाको परिणामले नयाॅं राष्ट्पतिलाई त्यति सहज बनाउने लक्षण छैन। त्यसै गरी निवर्तमान राष्ट्रपतिले विश्वमा धुमिल बनाएको अमेरिकाको छविलाई क्रमश: चहकिलो बनाउन अमेरिकाको मूल्य, मान्यता नखल्बलिने गरी आवश्यक भूमिका निर्वाह गर्न जरूरी हुन्छ जसमा रिपब्लिकन पार्टीको सहयोग समेत आबश्यक हुन्छ। हुन त बाईडेनले आफ्नो विजयी शुरूवातमा एउटा बलियो सन्देश दिदै म सबै अमेरिकीको राष्ट्रपति हु जसले मलाई मतदान गरेनन् तिनीहरूको पनि राष्ट्रपति हुॅं भनेका छन्, कतै यो राजनीतिक बोली मात्र भयो भने बाईडेनलाई पक्कै सजिलो हुने छैन।

त्यस्तै केही महिना अघि Black Lives Matter को नामबाट चलेको आन्दोलनले यही सरकार संग सम्बोधनको अपेक्षा गरेको छ र यो समस्या संबोधन गर्ने क्रममा सन्तुलन मिलउन पनि बाईडेनलाई निकै मेहनत पर्ने देखिन्छ। बास्तवमा अमेरिकालाई वास्तविक अमेरिका बनाएको आप्रवासीले नै हो। अहिलेका शासक पनि कुनै न कुनै समयका आप्रवासी नै हुन् र विगतमा आप्रवासीहरू उपर यहाॅंका मानिसहरूले गर्ने ब्यबहार उपर मानव अधिकारवादीहरूले टिप्पणी गर्न थाले पछि सहज किसिमको अध्यागमन नीति बनाएर आप्रवासीहरू ल्याउन थालियो जस्तै डिभी प्रणाली , शरणार्थी नीति आदि यसका नवीनतम रूप हुन ।

यसैले आप्रवासीहरूको बिरोधको राजनीति अमेरिकामा सफल हुदैन तर यो कटु सत्यतालाई स्वीकार्दा स्वीकार्दै पनि आप्रवासीका नाममा भित्रिने प्रदूषणलाई रोक्नै पर्छ र आप्रवासीलाई पनि नियन्त्रण र नियमन गर्नै पर्छ। बैध रूपमा बसोबास गर्ने अमेरिकीले तिरेको कर ईबीटी कार्डको रूपमा खर्च गर्ने आप्रवासीलाई बुझाएर बस्ने स्थितिको पनि अन्त्य हुनै पर्छ। यी र यस्तै कुराहरूको ब्यबस्थापन संगै जनवरी २० , २०२१ देखि काम गर्ने बाईडेन सरकारका अगाडि वर्तमान कोभिड-१९ को महामारीको रोकथाम र नियन्त्रण प्रभावकारी तवरले गर्नु मुख्य चुनौती हो। विना सुरक्षा योजना जथाभावी निस्कने बानी परेका अमेरिकीलाई कोरोनाबाट जोगाउन खुकुला भएका उपायलाई कडाई गर्नु, औषधोपचारको ब्यबस्थाळाई अझै प्रभावकारी तुल्याउनु, खोपको उत्पादन, परीक्षण र वितरणको ब्यबस्थालाई तीब्र पार्नु जस्ता कार्यले पनि बाईडेनलाई दवावमा राख्ने छन्।

कोरोनाका कारणले बढेको बेरोजगारी र घाटा परेको अर्थ ब्यबस्थालाई उकास्नु पनि ट्रम्फको अगाडि उत्तिकै ठूलो चुनौती छ। यसरी अमेरिकामा जो बाईडेन राष्ट्रपतिको रूपमा आउनुका पछाडिका कारण र उनको अगाडि खडा हुने चुनौती उल्लेख गरी रहदा उनीबाट अपेक्षित अमेरिकीलाई प्राप्त हुन सक्ने उपलब्धीलाई उल्लेख गर्न उपयुक्त हुन्छ। सर्ब प्रथम बाईडेन सरकारबाट हालको कोरोना महामारीबाट शीघ्र उन्मुक्ति पाउन गर्नु पर्ने कार्यहरूको योजना बनाई कार्यान्यनमा जाने अपेक्षा अमेरिकीहरूले गरेका छन्।यसका निम्ति स्वास्थ्य प्राविधिकहरूको सहयोगमा यो रोग नियन्त्रण र रोकथामका प्राविधिक र प्रशासनिक कार्यहरूको कार्यान्वयन हुने अपेक्षा छ।त्यसै गरी कोरोनाको स्थायी उपचारमा हाल हुदै आएको कोरोना विरूद्धको खोपको अनुसन्धान, उत्पादन र बितरणको ब्यबस्थालाई प्रभावकारी तवरले यथा शीघ्र कृयान्वयन गर्ने अपेक्षा बर्तमान सरकार संग छ।

हाल बढेको बेरोजगारीको ब्यबस्था अन्त्य गर्न निजी तथा सार्वजनिक क्षेत्रलाई सुरक्षित तवरबाट संचालन गर्ने ब्यबस्थाको अपेक्षा पनि समस्त अमेरिकीहरूले गरेका छन्। बिश्व स्तरमा सन्चालन भएका अन्तर्राष्ट्रिय संघ संगठनलाई विगत देखि प्रदान गर्दै आएको आर्थिक र मानवीय सहयोगलाई पुन: निरन्तरता प्रदान गर्दै विश्वका गरीव र विकासोन्मुख राष्ट्रको अभिभाकत्व लिने अपेक्षा बाईडेन सरकार संग छ। जहाॅं सम्म आप्रवासीलाई विगतको ओवामा सरकारले प्रदान गर्दै आएको सेवा सुविधा हरू ट्रम्फ सरकारले कटौति गर्यो त्यसलाई बाईडेन सरकारले निरन्तरता देओस् भन्ने चाहना छ आप्रवासीहरूको।

त्यसै गरी दैवी आपत्ति परी परिवारबाट बिछोड भएका आप्रवासीहरूलाई प्रदान गरिदै आएको टिपिएस सुविधा लिएका हरूलाई स्थायी बसोबासको प्रकृया आरम्भ गरोस् भन्ने चाहना सम्बन्धितहरूले गरेका छन्। जहाॅं मेक्सिको र अमेरिकी सीमामा पर्खाल लगाउने कार्य विगत ट्रम्फ प्रशासनले गरेको छ, त्यो पूरा गरेर आफ्नो सीमा सुरक्षित गरोस् तर मानव अधिकारको वकालत गर्ने अमेरिकाले वास्तविक शरण खोज्ने विदेशीको मर्म र भावनालाई बुझी शरण दिओस् भन्ने कामना पनि डेमोक्र्याटिक मतदाताको रहेको छ।

व्यक्तिगत सुरक्षाको लागि हातहतियार राख्न पाउने संबैधानिक हक भए पनि केही सनकी स्वभावका अमेरिकनले स्कूल,मल जस्ता सार्वजनिक ठाउमा जथाभावी गोली चलाएर निरपराध बालबालिकाको समेत ज्यान गएको परिप्रेक्ष्यमा यो संबैधानिक अधिकारको समीक्षा गर्न जरूरी ठानेका छन् अमेरिकी मतदाताहरू। त्यसै गरी डेमोक्र्याटिक पार्टीका आफ्ना मूल्य र मान्यताका नीतिहरू जस्तै समलिंगी विवाह, गर्भ पतन, जलवायु परिवर्तन आदि विषयहरू पनि पूरा हुने अपेक्षा डेमोक्र्याटिक मतदाताहरूको रहेको छ।

Loading spinner