
छ लाख रुपैयाँसम्मको बम्पर उपहार
काठमाडौं । युएईको अल फरदान एक्सचेञ्जसँग मिलेर नेपालमा रेमिट्यान्स पठाउनेका लागि जिएमई रेमिटले दशैं तिहार लक्षित आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहार प्रदान गरिने दिइएको छ। उपहार योजनामा छ लाख रुपैयाँसम्मको बम्पर उपहार प्रदान गरिने छ।
योजना नोभेम्वर १४ सम्म लागू हुने र यो योजनामा अल फरदान एक्सचेञ्जमार्फत जिएमई रेमिट हुँदै पैसा पठाउने स्वत सहभागी हुने कम्पनीले जानकारी दिएको छ।