चिकित्सक संघकाे सरकारलाई ७२ घण्टे अल्टिमेटम, जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी
काठमाडौं । आइतबार नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
संघले विज्ञप्ति जारी गरी केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ ।संघका महासचिव बद्री रिजालले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् -७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’ ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी भदौ २९ गतेदेखि डा.केसी आमरण अनशन बसे पनि सरकारले आइतबार २१ औं दिनसम्म चासो दिएको छैन ।