चारुमतीमा राप्रपाकाे उद्घाेषः जनता आऊ ,राजा ल्याऊ देश बचाऔँ

khabarwave
२२ मंसिर २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वःस्फूर्त रुपमा राजसंस्थाका पक्षमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए । जनताले राजालाई ल्याउनुपर्ने भन्दै उनले अघि भने, ‘राजा आऊ देश बचाउ होइन, जनता आऊ राजा ल्याऊ देश बचाऔँ भनौं ।’उनले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका हुन् ।सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा थापाले राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर जबराले दुई तिहाई सरकार दुई वर्षमा दिशाहीन उपलब्धिहीन बाटोमा रहेकाे बताएका छन भने  अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालका लागि, संवैधानिक राजतन्त्रको आवश्यकता रहेको भन्दै राष्ट्रपति एउटा पार्टीमा एउटा गुटका भएकाे बताएका थिए । सरकारको आफ्नालाई मात्र हेर्‍यो ।पूर्वप्रधानमन्त्री लोकेन्ऽबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए ।चारुमतीस्थित पार्टी कार्यालयमा पार्टीको झण्डोत्तोलन र चुनाव चिन्ह सार्वजनिक गरिएकाे थियाे  ।

Loading spinner