गलत सूचना र सल्लाह दिए सम्बन्ध नमिठो हुने चेतावनी

khabarwave
२९ आश्विन २०७७

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो हुने भन्दै   आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् । पदबहालीका क्रममा मन्त्री गुरुङले उक्त कुरा बताएका हुन ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्रीले कुरा बुझेको छ कि छैन , यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बाङ्गोटिङ्गो बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्ने कर्मचारीलाइ बताएका थिए । आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने बताए ।

Loading spinner