खोपको आपूर्ति र वितरणको अवस्था

khabarwave
८ फाल्गुन २०७७

लामो समयको प्रतीक्षा पछि कोरोनाको खोप लगाउन थालिएको छ बिश्वभर। नेपालमा पनि अग्र पंक्तिमा रहेका सेवा ग्राहीबाट खोपको थालनी भएको छ र यिनीहरूलाई खोपको दोश्रो मात्रा पनि दिन थालिएको छ।छापाबाट जानकारी पाए अनुसार खोपको परिमाणका कारण समुदाय क्षेत्रमा खोप दिन केही समय प्रतीक्षा गर्नु पर्ने भएको छ। हाल सम्म नेपालमा भारत सरकारबाट अनुदानमा प्राप्त १० लाख मात्रालाई नै आधार मानेर खोप बितरण आरम्भ गरिएको हुदा अग्र पंक्तिका सेवा ग्राहीलाई लगाएर बांकि रहेको खोप पत्राकार, सुरक्षा कर्मी तथा कर्मचारीहरूमा प्रदान गरिन लागेको बुझिएको छ।

उत्तरी छिमेकी चीनले पनि परीक्षणमा रहेको ५ लाख मात्रा खोप नेपाल सरकारलाई अनुदान दिने हुदा त्यसै अनुरूप त्यो खोप लगाउने गरी तयारी होला नै।त्यसै गरी विश्व स्वास्थ्य संगठनबाट प्राप्त हुने २०% खोपको चर्चा समेत सरकारबाट हुने गरेको छ। भरखरै चर्चामा आए अनुसार प्रति खोप ४ डलर तिरेर सरकारले भारतबाट २० लाख मात्रा खोप किन्दै पनि छ भन्ने सुनिएको छ। सरकारको यो तयारी कति भर पर्दो छ भन्ने बारेमा सरकारले देशवासीलाई ढुक्क पार्न सकेको त छैन नै र यो वाहेक नेपाललाई आबश्यक पर्ने खोपको मात्रा, लक्षित समूह र खोप आपूर्तिको ब्यबस्था बारे सर्वसाधारणलाई भर पर्दे तवरले सुसूचित गर्न सकेको समेत पाईदैन।

नताको स्वास्थ्य बारे संवेदनशील हुनु पर्ने सरकार आफ्नै दलका असन्तुष्ट समूह र प्रतिपक्षबाट गरिएको सडक आन्दोलनमा जुहारी खेल्न ब्यस्त भएको पाईन्छ।अर्थात सरकारको प्राथमिकतामा जनताको स्वास्थ्य सुरक्षा भन्दा सत्ता र राजनीतिक गतिविधि परेका छन्। कोभिडको खोपको आपूर्ति र भण्डारण तथा सेवालाई भरपर्दो र विश्वसनीय तुल्याउन सरकार चुकीरहेको अनुभूति गरिदै छ। खोप बितरण प्रकृया भित्र खतराको उमेर समूहमा परेका सर्वसाधारणहरू समेटिन सकेका छैनन्।

एउटै घर परिवारमा वयस्क समूहका सदस्यहरूले खोप पाईरहदा निजहरूकै आमाबाबु र परिवारका जेष्ठ सदस्यहरूले खोप पाउन बाकी रहेको अबस्था छ र यति मात्र हैन यिनीहरूले खोप कहिले पाउने हो त्यो निश्चितता पनि छैन। सरकारले खोपको आपूर्तिका लागि झोली थापेरै बस्ने हो वा नेपालीलाई गिनी पिग बनाउने हो वा खरीद गर्ने हो स्पष्ट भन्नु पर्यो।

अभिभावकहरू देशमा छाडेर विदेशिएका सन्तानहरूलाई आफ्ना अभिभावकको चिन्ता छ कि अभिभावकहरूले निश्चित समयमा खोप प्राप्त गर्न सक्ने हुन वा हैनन्।त्यसै गरी अन्य जेष्ठ नागरिकहरू पनि सो खोप लिन आतुर छन् तर सरकारको काम गराइको रवैया हेर्दा ढुक्क हुने अवस्था छैन।

यस्तो परिस्थितिमा सरकारले खोपको आपूर्ति र बितरण ब्यबस्था बारे सार्बजनिक रूपमा जानकारी गराउनु पर्ने देखिन्छ। अहिले सम्मको परिस्थिति हेर्दा खोपको आबश्यक संख्या कति हो? कहाबाट कसरी प्राप्त गर्ने? कुन कुन प्रदेशमा के कति भण्डारण गर्ने? कुन कुन मिति र स्थानमा बितरण गर्ने? यी सबै प्रश्नको उत्तर आउने गरी योजना बनाएर सार्बजनिक गर्न ढिला भै सकेको छ। अहिलेको डिजीटल समयमा सरकारको प्रयासलाई सर्वसाधारण समक्ष लग्न खासै मेहनत गर्न पर्दैन।

आफ्नो खोप कहां र कहिले पाईन्छ भनेर सर्वसाधारण ढुक्क हुने वातावरण बनाउन सरकारले ढिला गर्नु हुदैन। सरकार वा अन्य दलहरूले आफ्नो आन्दोलनको काम लाई केही समय रोकेरै भए पनि मनिसको जीन्दगी संग सरोकार राख्ने कोभीडको खोप लगाउने कार्यलाई सरल र सहज बनाउन सक्नु परेको छ।

Loading spinner