क्यान्सर निवारणका लागी  सरकार र निजी क्षेत्रकाे सहकार्यकालागी मह जाेडीकाे जाेड

khabarwave
३१ भाद्र २०७७

काठमाण्डाै l नेपाल अबुर्द रोग निवारण संस्थाको ३८औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ  बुधबार सम्पन्न भयो महामारीका कारण अनलाइन सिस्टमबाट  virtual कार्यक्रमको आयोजना गरिएको  उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व स्वास्थ्य मन्त्री गगन थापा हुनुहुन्थ्यो। थापाले कार्यक्रमलाई सम्बोधन गर्दै  क्यान्सर रोग निवारणका क्षेत्रमा संस्थाले पुन्याएकाे योगदानको प्रशंसा गर्नुभएको थियो ।भक्तपुर क्यान्सर अस्पताल सञ्चालनमा अवरुद्द पुन्याएकाे, त्यसमा  संघीय सरकारले समन्वयकारी भूमिका खेल्न  नसकेकोमा दुःख व्यक्त गर्नुभएको थियो।  उहाँले क्यान्सर रोगको निबारणका क्षेत्रमा अझै गर्न धेरै बाँकी रहेको बताउनुभएको थियो । उक्त कार्यक्रममा वरिष्ठ कानून व्यवसायी तथा उपभोक्ताबादी नेता ज्योति बानियाँले काेराेना महामारीका कारण क्यान्सर रोगीहरुलाई अस्पताल सम्म पुग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको थियो ।केन्द्रीय   कार्यवाहक अध्यक्ष महेश     श्रेष्ठले स्वागत मन्तव्य राख्नुहुँदै हुँदै भावि कार्यदिशाका बारेमा प्रकाश पार्नुभएको थियो । संस्थाका महासचिव विमल हाेडाले संस्थाका गतिबिधिका बारेमा प्रकाश पार्नुभएको थियो।  विसं २०३९ सालमा स्थापित  उक्त संस्थाले देशभर ४४ जिल्लामा शाखा विस्तार गरेर क्यान्सर निवारण को क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ।

कार्यक्रममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ ,हरिवंश आचार्यले क्यान्सरका बारेमा  अनुभव साटदै क्यान्सर निवारणका  क्षेत्रमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको।  कार्यक्रममा पूर्वअध्यक्षहरु दिवाकर राजकर्णिकार , कर्ण शाक्य, जीतबहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा नेपाल बिकाश प्रतिष्ठानका कार्यकारी निर्देशक डा.जयकुमार गुरुङले  नेपालमा सुर्तीजन्य नियन्त्रणका अवस्थाका बारेमा कार्यपत्र पेश गर्नुभएको थियो ।संस्थाका निवर्तमान अध्यक्ष लाेकेन्द्र श्रेष्ठले  कार्यक्रममा उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रममा  संस्था द्वारा स्थापित पुरस्कारहरू प्राप्त गर्ने व्यक्तिहरूको भने नाम सार्बजनिक गरिएकाे थियाे।

Loading spinner