कोरोना संक्रमित राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना

khabarwave
१७ आश्विन २०७७

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपतिलाई २४ घण्टा नबिन्दै थप उपचारका लागि सैनिक अस्पताल भर्ना गरिएको छ । उनलाई शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको थियो। उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ।
आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टा पछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल लान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए। मास्क र सुट लगाएका ट्रम्पले सो क्रममा त्यहाँ उपस्थित संवाददाताहरूसँग कुनै कुरा गरेनन्। मेरो विचारमा म एकदमै राम्रो गरिरहेको छु तर हामी यसले काम गर्नेछ भनेर सुनिश्चित गर्नेछौं, ट्विटरमा पोस्ट गरिएको छोटो भिडिओ पोस्टमा ट्रम्पले भनेका छन्। सुरक्षात्मक सावधानी अन्तरगत अस्पताल रहँदा ट्रम्पले विशेष प्रकारको सुटमा काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कायलेग म्याकेनीले जानकारी दिएकी छन्। ट्रम्पको स्वास्थ्यका बारेमा निकट जानकारी राख्ने श्रोतले ७४ वर्षीय ट्रम्पलाई मध्यम प्रकारको ज्वरो रहेको जानकारी दिएको छ। ह्वाइट हाउसका चिकित्सक शन पिङ कोन्लीले ट्रम्पलाई परीक्षणकै क्रममा रहेका औषधिहरू मिलाएर उपचार गरिएको छ। उनी थकित भएपनि उच्च मनोबलमा रहेको उनको भनाइ छ। ट्रम्पको पछिल्लो स्वास्थ्य अवस्थाले राष्ट्रपति चुनावबाट डेमोक्रेटिक उम्मेदवार जो बाइडनलाई पराजित गर्दै पुनः अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुने दाउमा रहेका रिपब्लिक उम्मदवार ट्रम्पलाई नोभेम्बर ३ को निर्वाचन अगाडि झट्का दिएको रोयटर्सले जनाएको छ।
उमेर र तौलका कारण पनि ट्रम्पलाई संक्रमणबाट ठूलो खतरा छ। अफिसमा रहँदा राम्रो स्वास्थ्य अवस्थामा देखिएपनि उनी नियमित व्यायाम र स्वस्थ्य भोजनलाई अनुसरण नगर्नेमा पर्छन्। ह्वाइट हाउसका चिकित्सक कोन्लीले ट्रम्पलाई कोरोनाको परीक्षणात्मक उपचार गरिराखिएको बताए।

Loading spinner