कोरोना संक्रमितको संख्या १ लाख २५ हजार नाघ्याे,मृतकको संख्या ७सय १५

khabarwave
३० आश्विन २०७७

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ  । यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको हाे ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । यस्तै  थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।

Loading spinner