कोरोना भाइरस संक्रमण बढने क्रम राेकिएन,एकैदिन१३सय २५ मा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । बितेकाे २४ घण्टामा १३सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ९ हजार ५सय८४ नमुना परीक्षण गर्दा ४सय ६९ महिला र ८सय ५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १सय २२ पुगेको छ । उपत्यकामा ७६७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् ।संक्रमित मध्ये हालसम्म ४सय ११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । उपत्यकामा थपिएका ७सय ६७ मध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् ।
यस्तै सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६र६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३र३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २र२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १र१ जनामा, रुपन्देहीका ११३ जना, मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८र१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२र१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०र१० जनामा संक्रमण पुष्टि भएको छ ।