कोभिड विमाको रकम एक साता भित्रै भुक्तानी दिन निर्देशन
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विमा समितिका अध्यक्ष तथा प्रतिनिधिहरूलाई बोलाएर कोभिड विमाको रकम एक साता भित्रै भुक्तानी दिने व्यवस्था गर्न र दैनिक प्रगति अर्थ मन्त्रालयमा पठाउन निर्देशन दिएलगत्तै बिमा समितिले कोरोना भाइरस संक्रमण विरुध्दको बीमा दाबी परेको एक साताभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बीमा दाबी गरेको लामो समयसम्म कम्पनीहरुले दाबी भुक्तानी नगरेको बिमीतहरुको बाक्लै गुनासो आएपछि समितिले कम्पनीहरूलाई निर्देशन दिएको बताइएकाे छ ।
वैशाख ४ मा बीमा क्षेत्रको नियामक विमा समितिले कोभिड(१९ को घातक रोग सरहको बीमा गर्नुपर्ने व्यवस्था भएको थियो । एक लाख बीमांकको बीमा गर्दा प्रिमियम ९बीमा शुल्क० व्यक्तिको हकमा १ हजार र परिवारको सम्पूर्णको बीमा गर्दा प्रत्येक सदस्यको ६०० रुपैयाँ प्रिमियम कायम गरिएको थियो भने ५० हजार रुपैयाँ बीमांकको बीमा गर्दा भने प्रति व्यक्ति ५०० र सम्पूर्ण परिवारको भए प्रति सदस्य ३०० रुपैयाँ बीमाशुल्क लिने व्यवस्था समितिले गरेको थियो ।
बिमा क्षेत्रको नियामक बीमा समितिले भदौ २८ मा गरेको नयाँ व्यवस्था अनुसार, बिमितले घरमै आइसोलेसनमा रहे बिमा रकमको एक चौथाइ रिलिफ बेनिफिट बापत् पाउँछन् । पीसीआर पोजेटीभ आएसँगै अस्पताल जानुपर्यो र त्यहाँ खर्च भयो भने चिकित्सकको सिफारिश र वडाको सिफारिशका आधारमा मात्र बिमा दाबी बिमांक बराबरको दाबी पाइन्छ । अन्यथा घरमै रहेर कोरोना संक्रमण निको पार्ने व्यक्तिले एक लाख बिमांकको बिमा गर्दा २५ हजार रुपैँया मात्र दाबी पाउँछ ।