कोभिडकाे तेस्रो लहरबाट यसरी बच्न सकिन्छ
डा. संम्पदा श्रेष्ठ
कोराेना कोभिड- १९ दोस्रो लहरको लागी तयारी गर्न नेपाल सरकारसँग प्रशस्त समय थियो तर तयारीमा हामी चुक्यौँ । अब तेस्रो लहरको लागी हामी आफै तयार हनुपर्छ । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने विश्लेषण छ । कोभिडको तेस्रो लहरसँग जुध्ने तयारी सुरु गर्न अब अनिवार्य छ।
विश्वभरकै तथ्यांक हेर्दा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको छ। पहिलो लहरमा बुढापाका र दोस्रो लहरमा युवा युवती बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी प्रभावित र जोखिममा पर्ने अनुमान छ ।
यसको कारण भाइरसले गर्ने म्युटेशन (उत्परिवर्तन) हो। कोभिड भाइरस सकेसम्म धेरै नयाँ होस्टहरू आक्रमण गर्न म्युटेशन गर्दछ। पहिलो लहरमा कोभिडले मुख्य रूपमा वृद्ध र रोगप्रतिरक्षात्मक शक्ति कम भएको मा आक्रमण गरे। दोस्रो लहरले युवाहरू लाई ठूलो संख्यामा आक्रमण गर्दैछ। तेस्रो लहरले बच्चाहरूलाई आक्रमण गर्ने सम्भावना छ किनकि बालबालिका बाहेक अरु प्राय पहिले नै संक्रमित भैसकेका वा खोप लिसकेका छन्। बच्चाका लागि खोप नभएकाले उनिहरूको वरिपरि रहने सबैलाई खोप दिएर सुरक्षित राख्न ज़रूरी छ ।
यसको मतलब हामीले चाँडै साना बाल- बच्चाहरूको लागी र सबै अभिभावकलाई खोप दिनु जरूरी छ। यो समयमै तयारी गरेर तेस्रो लहरमा बढी क्षति हुन नदिऔं।
लेखिका–डा. संम्पदा श्रेष्ठ
एउटा भाइरस मानव शरीरमा पस्यो भने त्यसले आफ्ना कोषिकाको संख्या बढाउन थाल्छ । यस्तो प्रक्रियालाई वैज्ञानिकहरु प्रतिकृति९रिप्लिकेशन० भन्छन् । यसरी एउटा शरीरमा धेरै संख्यामा कोषिकाको निर्माण भएपछि भाइरस त्यो शरीरबाट अर्को शरीरमा फैलिन सुरु गर्छ । त्यसमा पनि पुरानै तरिकाले आफ्ना कोषिकाको बृद्धि गर्छ । भिन्नभिन्न शरीरमा आफ्ना कोषिकाको विकास गर्दै जाँदा ती मानव शरीरका गुणहरु पनि भाइरसको विकासमा सहभागी हुन्छन् । यसरी भाइरसले आफूलाई बदल्दै जान्छ, जसलाई विज्ञानको भाषामा उत्परिवर्तन परिस्कार (म्युटेशन) भनिन्छ ।
यसरी अलग-अलग तरिकाले भाइरस परिस्कृत हुँदै जाँदा २–३ महिनाको अन्तरालमा यसका धेरै गुणहरु परिवर्तन हुन्छन् र नयाँ प्रजाति (भेरियण्ट) तयार हुन्छ । जब कुनै एक भाइरसले बिमारीको लक्ष्यण बदल्न सुरु गर्छ, त्यसपछि यसको फैलने रफ्तार बिरामीको असर पनि बदलिन थाल्छ । यसरी नै कोरोना भाइरस अस्तित्वमा आइसकेपछि यसका हजारौं प्रतिकृति भइसकेका छन् र कयौं नयाँ प्रजातिको विकास भइसकेको हुन्छ ।
कोरोना भाइरसका सयौं त्यस्ता भेरियण्टको चर्चा सुनिँदैन । धेरैजसो भेरियण्ट कमजोर भएर जान्छन् र उनीहरुको संक्रमण दर पनि ज्यादै कम हुन्छ । तर कुनैकुनै यति शक्तिशाली पनि हुन्छन् की, अरु प्रजातिभन्दा हजारौं गुणा छिटो संक्रमण फैलाउन र मावन शरीरमा गम्भिर लक्षण उत्पन्न गर्न उनीहरु सक्षम हुन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले दुनियाँमा सयौं भेरियण्टका कोरोना भाइरस अस्तित्वमा छन् । तर त्यसमध्ये केवल ३ प्रजातिलाई निकै शक्तिशाली मानिन्छ । दक्षिण अफ्रिका, ब्राजिल र ब्रिटिश भेरियण्टका कोरोना भाइरस अतितीव्र संक्रामक मानिन्छ । यसबाहेक अरु ७ प्रजातिका कोरोना भाइरसलाई पनि वैज्ञानिकहरु संक्रामक मान्छन् ।
तिनै ७ मध्येको एउटा हो, महाराष्ट्र भेरियण्ट । यसलाई ब्रिटिश भेरियण्टकै उपजाति मानिन्छ । ब्रिटिश भेरियण्टको अहिलेसम्म २३ म्यूटेशन भइसकेको छ भने महाराष्ट्र भेरियण्टको १५ म्युटेशन भएको छ।
अहिले भारतमा पनि कयौं भेरियण्टका कोरोना भाइरसको संक्रमण भइरहेको छ । सबै मानिसलाई एकै किसिमको कोरोना भाइरस संक्रमण भएको छैन । बिज्ञ चिकित्सकका अनुसार महाराष्ट्रमा ५०–६० प्रतिशत संक्रमण डबल म्युटेण्टले गराएको छ । यो भेरियण्ट अहिले साउंथ एसीयाका बिबिन्न ठाउँ हरूमा फैलिन थालेको छ । ब्रिटिश भेरियण्ट अहिले भारतमा पाइएको छ । अब अरु प्रजातिका कोरोना भाइरस खत्तम भएर महाराष्ट्र भेरियण्ट नै सबैमा संक्रमण हुने जोखिम बढ्न थालेको छ ।
नयाँ भेरियण्टको विकास रोक्न सकिन्छ ?
जबजब भाइरसले नयाँ शरीरमा छिरेर आफूलाई बदल्न थाल्छ, त्यसपछि नयाँ समस्या सुरु गर्न थाल्छ । यदी भाइरसको म्युटेशन नै रोक्न सकियो र नयाँ भेरियण्टको उत्पादन नै हुन पाएन भने समस्या नै हुन्न थियो । के हामी भाइरसको नयाँ प्रजातिको विकास हुने नसक्ने अवस्था बनाउन सक्छौं त रु
वैज्ञानिकहरु को अनुसन्धान जारी छ तर मान्छेले भने भाइरसको यस किसिमको विकासलाई रोक्न सक्छ । भाइरसलाई नयाँ प्रजातिको विकास गर्न धेरै मान्छेको शरीमा पसेर म्युटेशन प्रक्रिया सञ्चालन गर्नुपर्ने हुन्छ । यदी कोही एकजनाको शरीरबाट अर्को शरीरमा भाइरस छिर्नै पाएन भने यो प्रक्रिया रोकिन्छ ।
– तपाईँ मास्क लगाउनु हुन्छ भने संसारको जतिसुकै शक्तिशाली र संक्रामक भाइरस भए पनि तपाईँको केही विगार्न सक्दैन ।
-सबैले मास्क लगाउने हो भने भाइरस अर्को शरीरमा छिर्न पाउँदैन र यसले म्युटेशन रोकिन्छ ।’ नयाँ प्रजातिको कोरोना भाइरस उत्पन्न हुन नदिने यही एउटा उपाय हो ।
– अभिभावकहरू सतर्क रहेर र घरमा पाहुनाहरू,भोज भतेर,जमघट हुने कामहरू बाट टाडा रहने,नगर्ने।
– बालबालिका को हात समय(समयमा सफा गर्ने गराउने, र घरमा पनि सामाजिक दूरी कायम राख्नुहोस् ।
– सन्तुलित आहार बिहार लाई पालना गर्नुपर्छ । सबै आवश्यक पोषक तत्वहरू समावेश गर्ने प्रयास गर्नुहोस् यसले उनीहरूको प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ।
– तपाइँको बच्चाहरूलाई र आफैपनि घरमा व्यायाम प्राणायाम गर्नुस गराऊन होस्।
– बारम्बार छुईने जस्तै ढोका ह्यान्डलहरू, फर्नीचर, कुर्सी, वालेट, कम्पुटर,ल्यापटप मोवाईल र काउन्टर टॉपहरू निश्चित अवधि पछि स्यानीटाइज गर्नुपर्छ ।
– यदि आमाबाबुले बिरामी महसुस गर्नुहुन्छ र खोकि(चिसो, र ज्वरो जस्ता लक्षणहरू प्रदर्शन भएमा तपाईंले आफैले आफूलाई बच्चा हरूबाट अलग राख्नु पर्छ।
– बच्चाहरूले मास्क लगाउन मान्दैनन् भने ऊनिहरूलाई मास्क लगाउने र कोरोनाभाइरससँग लड्नुको महत्त्व बारे राम्रो संग कुरागरौ आफु पनि बुझनुस् अरू लाई पनि बुझाऊनु होस्।
– कुनै पनि लक्षण हरू देखियो भने बेवास्ता नगर्नुहोस् ।
–यदि तपाईका बच्चाहरूलाई खोकी, चिसो वा ज्वरो आएको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्।
– आफ्ना बच्चाहरूलाई कोविडको बारेमा र यो कसरी फैलिन्छ भन्ने बारेमा सिकाउनुहोस।
-यसो भनेर फेरी मानसिक तनाव नादिनु होस।कोबिड बाट बच्न र बचाउन कोभीड संग लड्न सिकाउनुस,सिक्नुहाेस ।
-आत्माबल उच्च राखौं सोच सकारात्मक बनाऔं ।